तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासंघको प्रदेशस्तरीय कार्यक्रम दाङमा

दाङ।  नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना र दाङ शाखाको संयोजनमा यही साउन २४ र २५ गते दाङमा प्रदेशस्तरीय कार्यक्रम हुने भएको छ । ‘पत्रकार महासंघको भूमिका र अबको कार्यदिशा’ विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठी हुने भएको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा साउन २४ गते अपरान्हमा कार्यशालाको उद्घाटन हुनेछ । उक्त गोष्ठीमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, महासचिव रमेश विष्ट, सचिव उदय जीएमलगायतका केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहने छ ।

कार्यशालामा नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेशका पदाधिकारी, यस प्रदेशका सबै जिल्ला शाखाका अध्यक्ष, वरिष्ठ पत्रकार, जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहने नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिए । गोष्ठीमा बदलिदो पछिल्लो परिस्थितिमा नेपाल पत्रका महासंघको भूमिका र अब महासंघलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने र दाङ घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ दाङका सचिव भूपेन्द्र वलीले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button