तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो चौमासिकभित्र कार्यान्वयनमा नआएको बजेट अनिवार्य रुपमा फिर्ता पठाउनु पर्ने

काठमाण्डाै – दोस्रो चौमासिकभित्र पनि कार्यान्वयनमा नआएको बजेट अर्थ मन्त्रालयमा अनिवार्य रुपमा फिर्ता पठाउने कानुनी व्यवस्था गरिएको छ ।

मंगलबार संघीय संसदको अर्थ समितिमा सरकारले पेश गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा दोस्रो चौमासिक भित्र पनि कार्यान्वयनमा नआएको बजेट अर्थ मन्त्रालयमा अनिवार्य रुपमा फिर्ता पठाउने प्रस्ताव पारित गरिएको हो ।

दोस्रो चौमासिकमा पनि कार्यान्वयनमा नआएको बजेट अन्य आयोजनामा खर्च गर्नेगरी अर्थ मन्त्रालयमा अनिवार्य रुपमा फिर्ता पठाउने विधेयकको प्रावधान पारित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

बैठकमा अर्थमन्त्री खतिवडाले आर्थिक वर्षको अन्त्यतिर आएर बजेटको दुरुपयोग हुन नदिन पनि यस्ताे कानुनी व्यवस्था गर्नुपरेको स्पष्ट पार्नुभयो । उहाँले अर्थ मन्त्रालयमा फिर्ता आएका ती बजेट अन्य आयोजनाहरुमा खर्च गर्ने सरकारको योजना रहेको पनि समितिलाई जानकारी गराउनु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button