तपाईँ सुन्दै हुनुहुन्छः

५० लाख बढीको कर्जा प्रवाहमा स्थायी लेखा नम्बर अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशिका २०७५ संशोधन गरेको छ । सो संशोधनले यस्तो व्यवस्था गरेको हो ।

५० लाख बढीको कर्जा प्रवाहमा स्थायी लेखा नम्बर अनिवार्य गर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशिका संशोधन गर्दै ५० लाख भन्दा बढीको कर्जा लिने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने प्रावधान गरेको छ । यसअघि १ करोड भन्दा बढीको कर्जा प्रवाह गर्दा मात्रै स्थायी लेखा नम्बर चाहिने व्यवस्था थियो।

त्यस्तै, आर्थिक बर्ष २०७६/०७७ का लागि काउन्टर साइकल बफरको अनुपात कुल जोखिम भारित एक्सपोजरको २ प्रतिशत तोकिएको छ । यस्तो बफर २०७७ असार मसान्तसम्म कायम गरिसक्नुपर्नेछ । यदि सो समयावधिमा बफर पुँजीकोष कायम नगरे यो वर्षको नाफाबाट मुनाफा दिन रोक लगाइने राष्ट्र बैङ्कले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button