तपाईँ सुन्दै हुनुहुन्छः

कारबाहीको माग गर्दै स्थानियद्वारा सडक अवरुद्ध

काठमाडौं । चावहिल–चुच्चेपाटीमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । सडकको काम नसकाएको भन्दै मंगलबार बिहान करिब तीन सय मान्छे जम्मा भएर सडकमा नाराबाजी गर्दै सडक अवरुद्ध गरिरहेका छन् ।

समयमा नै बिस्तार गरिएको सडक तथा ढल निर्माणको काम नसकाएको भन्दै ठेकदारलाई कारबाहीको माग गर्दै स्थानियले नाराबाजी गरिरहेका छन् ।

बिहान १० बजे स्थानीय जम्मा भएर सडकमा नाराबाजी गरिरहेका महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्दले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button