तपाईँ सुन्दै हुनुहुन्छः

न्यून चापीय रेखा नेपालतर्फ ,चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना

काठमाडौं । मंगलबार देशको पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहे पनि पुर्वी तराइसहित देशका अन्य भागमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आउँदो तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबार कतिपय स्थानमा मेघ गर्जन सहित चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर नेपालतर्फ सरेको छ।

मंगलबार दिउँसो देशको पश्चिमी भागमा सामान्य बदली हुने विभागले जनाएको छ। पूर्वी तथा मध्य भागमा आंशिक देखी सामान्य बदली रहनेछ। देशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। पश्चिमी पहाडको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै मंगलबार राति देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ)  सरेको छ | 

 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशको पुर्वका पहाडी भुभाग, मध्य तथा पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली रहेको छ |  पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।पुर्वी तराइमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण २१  गते (मंगलबार)

दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदली साथै पुर्वी तथा मध्य भु-भागमा आंसिक देखिन सामान्य बदली रही देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।पश्चिमी पहाडको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। साथै  पुर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २२  गते (बुधबार)

दिउँसो: देशभर आंसिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राती: देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।

श्रावण २३  गते (बिहिबार)

दिउँसो: देशभर आंसिक देखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती: देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button