तपाईँ सुन्दै हुनुहुन्छः

सरकार अब राजनीतिमा अल्झिदैन, विकासमा ध्यान दिन्छ: मन्त्री बाँस्कोटा


काठमाण्डौ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारको प्राथमिकतामा देश विकास रहेको बताउनुभएको छ ।
मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले सरकार अब राजनीतिमा अलझिनु भन्दा पनि विकासको काममा ध्यान दिईरहेको बताउनुभयो ।
मन्त्री बाँस्कोटाले भन्नुभयो, सरकार अहिले कृषि, ऊर्जा, यातायात र संचारको क्षेत्रमा योजनावद्ध ढङ्गले अगाडि बढेको छ, राजनीति कुरामा मात्र अलझिए देश विकासले गति लिन सक्दैन ।’
मन्त्री बाँस्कोटाले सबैभन्दा बढ़ी विकासका परियोजनाहरु प्रदेश दुईमै रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, कमला मरिन डाईभर्सन, मदन भण्डारी राजमार्ग, कोशी करिडोर, नारायणी करिडोर सबै प्रदेश दुईमै रहेको छ, यहाँ मात्र बजेट सदुपयोगको आवश्यकता छ ।’
उहाँले, राष्ट्रियताको सवालमा सत्ता र प्रतिपक्षी दुबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो ।
सरकारले सामुदायिक विद्यालहरुलाई अत्याधुनिक बनाउन लागेको जानकारी दिनुहुँदै मन्त्री बाँसकोटाले त्यसमा समेत प्रदेश दुईका सामुदायिक विद्यालयहरु सबै भन्दा बढ़ी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, पहाड़मा एक निर्वाचन क्षेत्रमा चार वटा विद्यालहरुलाई प्रविधियुक्त बनाइने छ भने प्रदेश दुईको एक निर्वाचन क्षेत्रमा ६ वटा विद्यालहरुलाई अत्यधुनिक बनाईने छ ’ु

प्रतिक्रिया राख्नुहोस्

Back to top button