तपाईँ सुन्दै हुनुहुन्छः

‘चियाक्षेत्र संरक्षणका लागि छुट्टै योजना’ कृषिमन्त्री खनाल

भद्रपुर-कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले निर्यातजन्य नगदे कृषि बाली चियाक्षेत्रलाई जोगाउन सरकार छुट्टै योजनाका साथ अघि बढ्ने बताउनु भएको छ ।

चिया उत्पादन हुने प्रमुख जिल्लाहरु झापा र इलामको चिया क्षेत्रको अवलोकन भ्रमणका क्रममा सोमबार झापा आइपुग्नुभएका मन्त्री खनालले चिया क्षेत्रसम्बद्ध उद्योगी तथा मजदूर नेताहरुसँगको भेटघाटमा सो कुरा बताउनु भएको हो ।मन्त्री खनालले सरकारले निर्यातजन्य कृषिवस्तुलाई उच्च प्राथमिकतामा राखेको बताउँदै चिया क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भयो ।

छलफलमा उद्योगी तथा मजदूर नेताहरुहरुले मजदूर र बजारीकरणमा बारम्बार समस्या आउँदा चिया क्षेत्र धरासायी बन्दै गएको भन्दै यसलाई जोगाउन सरकारले दीर्घकालीन ठोस योजना ल्याउनुपर्ने सुझाव दिएका थिए । मन्त्री खनालले सबै समस्या क्रमिकरुपमा समाधान गर्दै जाने उल्लेख गर्दै चिया क्षेत्रमा अहिले देखिएको मलको समस्या समाधान गर्न आफ्नो मन्त्रालयले पहल गर्ने बताउनु भयो ।

झापा तथा इलामका चिया क्षेत्रमा विभिन्नखाले समस्या आएपछि उद्योगी, साना चिया किसान र मजदूरसम्मेत मिलेर चिया क्षेत्र बचाऔं अभियान नै सञ्चालन गरिएको छ । मन्त्री खनाललाई अभियानको तर्फबाट ज्ञापनपत्रसमेत बुझाइएको अभियानका सचिव पर्वत डाँगीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button