तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रविधिको अधिकतम प्रयोग गरेर मुलुक समृद्ध बनाउने अभियानमा सरकार’

अजय कुमार झा, जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाललाई सूचना प्रविधिको उच्चतम प्रयोग गरेर समृद्ध मुलुक बनाउने अभियानमा सरकार लागि परेको बताउनु भएको छ ।

प्रत्येक प्रदेशमा कम्तिमा एउटा सामुदायिक विद्यालय सूचना प्रविधिमैत्री बनाउने अभियानको आज धनुषाको जनकपुरधाममा रहेको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयमा शुभारम्भ गर्नुहुदै मन्त्री बाँस्कोटाले सिपयुक्त जनशक्ती निमार्ण अपरिहार्य भएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकारले देश भरिका सामुदायिक विद्यालयहरुलाई डिजिटल विद्यालयको रुपमा रुपान्तरण गर्ने अभियानको शुरुवात गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button