तपाईँ सुन्दै हुनुहुन्छः

सर्पदंशको कारण एक बालिकाको मृत्यु

ध्रुव अधिकारी, वीरगञ्ज । सर्पले टोक्दा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ मा एक बालिकाको मृत्यु भएको छ ।

आज दिउँसो करेसाबारीमा गएको बेला स्थानीय श्रीकिशोर साह तेलीकी ८ वषीया छोरी शान्ति कुमारीलाई सर्पले टोकेको र उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस्तै पर्साको चन्द्रपुर ६ का ३८ बर्षिय गोकुल विश्वकर्मालाई विषालु सर्पले टोक्दा गम्भिर अवस्थामा नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

वारा, पर्सा, रौतहटमा सर्पदंशका घटना बढदै गएको र आज मात्रै नारायणी अस्पतालमा १५ जना सर्पदंशका घाइतेहरुको उपचार भएको अस्पतालको चिकित्सक डा.अशोक कुशवाहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button