तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता दुई किशोरी भारतको पूर्णियामा फेला

झापा । यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह इन्टरपोलसँगको सहकार्यमा भारतमा फेला परेका हुन् ।

स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते विद्यालय हिँडेका थिए ।

विद्यालयबाट घर नफर्केपछि उनीहरुको परिवारले प्रहरीलाई खबर गरेको र सूचना पाएलगत्तै उनीहरुको खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button