तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु

कोलम्बो । श्रीलंकामा यस वर्ष सात महिनाको अवधिमा डेङ्गुबाट ४७ जनाको मृत्यु हुनुका साथै २ लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ।

विभागका अनुसार जुलाईको अन्त्यसम्म २ लाख ३४ हजारमा डेङ्गुको संक्रमण देखिएको छ। राजधानी रहेको कोलम्बो जिल्लामा सबैभन्दा बढी ७ हजार २६० जनामा डेङ्गुको संक्रमण देखिएको छ भने कोलम्बो नजिकैको गाम्पाहामा ३ हजार र कालुतारामा २ हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

इपिडिमियोलोजी एकाईले श्रीलंकाका ५ जिल्लामा डेङ्गुको सबैभन्दा धेरै जोखिम रहेको जनाएको छ। राजधानी कोलम्बो समेत गाम्पाहा, गाले, कालुतारा र रत्नापुरामा डेङ्गुको सर्वाधिक संक्रमण छ।

स्वास्थ्यकर्मीहरुले स्थानीय बासिन्दाहरुलाई ज्वरो आउने, बारम्बार बान्ता हुने, पेट दुख्ने, रिङ्गटा लाग्ने तथा पिसाब थोरै लाग्ने लक्षण देखिए तत्काल उपचार गर्न आग्रह गरेका छन्।

उनीहरुले गर्भवतीहरुलाई डेङ्गुको सम्भावित लक्षण देखिनासाथ अस्पताल गएर उपचार गर्न समेत आग्रह गरेका छन्।

श्रीलंकामा गत वर्ष डेङ्गुबाट ५० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजारभन्दा बढी प्रभावित भएका थिए। लामखुट्टेको टोकाईबाट सर्ने डेंगुबाट श्रीलंका वर्षैपिच्छे प्रभावित हुने गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button