तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध मुलुक बनाउने अभियानमा सूचनाको प्रयोग : मन्त्री वास्कोटा

अजय कुमार झा
जनकपुरधाम। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल प्रसाद वास्कोटाले नेपाललाई सूचना प्रविधिको उच्चतम प्रयोग गरेर समृद्ध मुलुक बनाउने अभियानमा नेपाल सरकार लागि परेको बताउनु भएको छ ।

मन्त्री वास्कोटाले मन्त्रालयले ७ वटा प्रदेशमा रहेका एक वटा सामूदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय बनाउने अभियान अन्तर्गत प्रदेश नंं २ को राजधानी जनकपुरधाममा रहेको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयमा सूचना प्रविधि विद्यालयको आज उद्घाटन गर्दै उहाले नेपाल सरकारले विद्यालयहरुलाई सूचना प्रविधि मैत्री विद्यालय बनाउनका लागि  मन्त्रालयले विद्यालयलाई ६० थान कम्प्युटर, १४ थान प्रोजेक्टर, १४ स्मार्ट वोर्ड, १६ वटा सि सि टिभि क्यामरा र १४ वटा साउण्ड सिष्टम सहित जडान गरिदिएको छ ।

मन्त्री वास्कोटाले नयाँ नेपाल निर्माण गर्न तथा आर्थिक उपार्जन गर्नका लागि शिपयुक्त जनशक्तिको निर्माण अपरिहार्य भएको बताउदै यसका लागि नै वर्तमान सरकारले देश भरिका सामुदायिक विद्यालयहरुलाई डिजिटल विद्यालयको रुपमा रुपान्तरण गर्ने अभियानको शुरुआत गरेको बताउनु भयो ।

मन्त्री वास्कोटाले अव सवै मिलेर अशिक्षा, कुपोषण, गरिवी, अन्ध विश्वासका विरुद्धमा लड्न जरुरी रहेको बताउदै यसका लागि सामूहिक प्रतिबद्धता तथा अठोटका साथ कामकाज गर्न जरुरी रहेको पनि बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख बजरंग प्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नंं २ का प्रदेश सभाका सदस्य परमेश्वर साह, जिल्ला समन्वय समितिका प्रमुख रामदेव वनरैत यादव, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादव, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता कुमारी मिश्र, विद्यालयका प्रधानाध्यापक बलिराम साह सहितका वक्ताहरुले पनि बोल्नु भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button