तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समुहले आगो लगाउदा,वडा कार्यालयसहित पाँच घर पनि जले

मुगु । मुगु जिल्लाको  पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा अज्ञात समूहले आगजनी गराएको छ। आइतबार राति करिब १२ बजेतिर वडा कार्यालयमा आगजनी गराइएको बताइएको छ। राति भएको आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्रसहित वडा कार्यालय जलेर पूर्णरूपमा नष्ट भएको २ नम्बर वडाका वडा अध्यक्ष लालबहादुर मल्लले जानकारी दिए।

वडा अध्यक्ष मल्लका अनुसार अफनो घरबाट सल्लकेको आगोले संगै जोडिएका सोही गाँउपालिका–१ का पदमबहादुर बुढा र सोही गाँउपालिका–२ का टक्कबहादुर मल्लका काठले निमार्ण गरेका दुई तल्लाका घर ध्वस्त भएका छन । मल्लले आफनो दुई तल्लाको घरमा होटल संचालन गरेका थिए भने तेस्रो तल्लामा सोही वडाको वडा कार्यालय रहेको थियो । पदम बहादुर बुढाले आफनो स्टेसनरी पसल स¬चालनन गरेका थिए भने अर्का टक्कबहादुर मल्लले मोबाईल पसल राखेका थिए ।

मल्ल कै जानकारी अनुसार अज्ञात समुहले लगाएको आगजनीबाट आफनो होटलको र घरको गरी २ करोड ५० लाख बराबरको क्षित भएको र वडा कार्यालयको ल्यापटप लगायत अन्य सामग्री गरी १० लाख बराबरको क्षेति भएको छ । घरमा सुतिरहेका मल्लका साला सेरबहादुर पुन आगो लाग्दै गर्दा तेस्रो तल्लाबाट हाम फाल्दा घाईते भएका छन३ । मल्लको घरसँगै जोडिएको टक्कबहादुर मल्लको २५ लाख र अर्का पदमबहादुर बुढाको सात लाख बरारको क्षति भएको मल्लले जानकारी दिनुभयाे ।
आफनो घरायसी कामले आफू र आफनो पत्नि सुर्खेतमा रहेको र गाँउमा मोबाईलको नेटर्वक राम्रो संगकाम नगर्ने भएकाले अझ बढी क्षति भएको हुन सक्ने वडा अध्यक्ष मल्लले बताउनुभयो ।

उक्त स्थान सदरमुकामगमढीबाट ६ घण्टा टाढा पर्ने भएकाले घटना कसको सन्लग्नता हो अनुसन्धानपछी मात्र जानकारी हुने जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी राजेन्द्रबाबु रेग्मिले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button