२०७९ साल जेठ १० गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

हिमानी शाहद्वारा पशुपतिनाथको दर्शन

रेडियो नेपाल २०७६ साउन २० गते १३:१९

काठमाण्डाै – पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथको दर्शन गर्नु भएको छ । पूर्वयुवराज्ञी शाहले साउने सोमबारको अवसर पारेर श्रावण २० गते बिहानै पशुपतिनाथको दर्शन गर्नु भएको हो

छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुग्नु भएका उहाँले करिब २० मिनेट मन्दिरभित्र पूजा आराधना गर्नु भएको थियो । साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

 

यसै अवसर पारेर पूर्व युवराज्ञी शाहले पनि पशुपतिनाथ मन्दिरको दर्शन गर्नु भएको थियो । दर्शनका क्रममा पूर्व युवराज्ञी शाहले छोरी पूर्णिका र छोरा हृदयन्द्रसहित फोटो खिच्ने भक्तजनहरुको इच्छालाई पनि पूरा गरिदिनु भएको थियो ।

सम्बन्धित