तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मुल्य अहिले सम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य आकासिएको छ । सोमबार सुन प्रतितोला ६७ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आईतबार सुन प्रतितोला ६६ हजार ३ सय रुपैंयामा कारोबार भएको थियो । एकै दिनमा १५ सय रुपैंयाले मुल्य बढेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ६७ हजा ५ सय रुपैंयामा कारोबार भैरहेको छ भने चाँदी प्रतितोला ७ सय ९५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button