तपाईँ सुन्दै हुनुहुन्छः

ऐतिहासिक सम्पदा साततले दरबार पुनर्निर्माण हुँदै

 

नुवाकोट । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नुवाकोटको साततले दरबार चाइनिज  एकेडेमी अफ कल्चरल हेरिटेजले साततले दरबार पुनर्निर्माण गरिरहेको छ । दरबारलगायत आसपासका सबै संरचनालाई संरक्षण गर्दै पुनर्निर्माण शुरु गर्ने चिनियाँ टोलीले जनाएको छ ।

दरबार क्षेत्रभित्रको सात तले दरबार, गारद घर, रंगमहल, बहादुर शाहको बैठक कक्षलगायत दरबार क्षेत्रभित्र रहेको विष्णु र नारायण मन्दिरको पुनर्निर्माण थालिएको दरबार हेरचाह कार्यालयका विक्रमप्रसाद पुष्पहालले बताए ।

२०७२ साल वैशाखमा गएको भूकम्पले दरबारलगायतका सम्पदामा क्षति पुगेको थियो । विनाशकारी भूकम्पले दरबार क्षतिग्रस्त बनाएपछि चीन सरकारले गत २०७२ साल साउन महिनामा मर्मत गर्ने प्रतिबद्धता जनाएको थियो । पटक–पटक चिनियाँ प्राविधिक टोली र चिनियाँ राजदूतको अवलोकन र अध्ययनपछि पुनर्निर्माण सुरु गरेको हो ।

हाल चिनियाँ प्राविधिकहरुले दरबारको विभिन्न स्थानमा प्वाल पारेर नमूना संकलन गरी अध्ययन गरेका छन् । भूकम्पका कारण क्षतिग्रस्त भएको ऐतिहासिक सात तले दरबारलाई पुरानै स्वरुपमा पुनर्निर्माण गर्नुपर्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button