तपाईँ सुन्दै हुनुहुन्छः

संसद खुलाउन सर्वदलीय बैठक जारी

काठमाडौं। संसदको अवरोध खुलाउने विषयमा छलफल गर्न अहिले संसद भवन बानेश्वरको शंकर हलमा सर्वदलीय बैठक बसिरहेको छ ।

सर्वदलीय बैठकमा सहमति जुटाएर संसदको अवरोध हटाउनका लागि प्रयास हुनेछ । सर्वदलीय बैठककै कारण बिहान ११ बजेका लागि डाकिएको संसद बैठक १२ बजेका लागि सारिएको बताइएको छ ।

तर सहमति जुट्ने सम्भावना कम देखिएको छ । प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले सहमति नभएसम्म संसदको अवरोध जारी रहने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button