तपाईँ सुन्दै हुनुहुन्छः

आज चट्याङसहित भारी बर्षाको सम्भावना

काठमाडौं ।  आज देशका धेरैजसो ठाउँमा भारी वर्षा हुनसक्ने मौसमविद्हरुले जनाएका छन् ।

आज (सोमबार) देशभर सामान्यतया बदली भई तराई र पहाडी भू–भागमा वर्षा भइरहेको छ । केहि दिनदेखि सक्रिय हुन थालेको मनसुनी गतिविधि अझै बढ्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

सतर्कता अपनाउन आग्रह
बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख तथा मझौला नदीमा बहावको सतह पार हुने सम्भावना न्यून रहेको जनाएको छ । तर नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन उसले अनुरोध गरेको छ ।

देशका प्रमूख मझौला नदीहरू कोशी, नारायणी, कन्काई, कमला, बागमती लगायतमा बहाब सामान्य घटबढ हुने छ । कर्णाली, महाकाली, पश्चिम राप्ती, बबई, लगायतमा बहाब बढ्ने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कर्णाली, महाकाली, बबई र पश्चिम राप्तीका केही स–साना सहायक नदीहरुमा बहाब सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान छ ।

यस्तै नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, रोल्पा, रूकुम, बर्दिया, कैलाली, सुर्खेत, डोटी, डडेलधुरा, बैतडी, दार्चुलालगायत जिल्लाको पहाडी भू–भाग भई बहने साना नदीहरूमा बहाब बढ्ने भएकाले केहिमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण २० गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही  धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ । साथै पुर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। साथै मध्य र पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २१  गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा वर्षा हुनेछ।

राती: देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ। साथै  मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २२  गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ। साथै  पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको  केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा  पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले  सतर्कता अपनाउन अनुरोध छ |

प्रतिक्रिया राख्नुहोस्

Back to top button