तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशूलीमा रेडबुल बोकेको ट्रक खस्यो, ट्रकको खोजी जारी

सूर्यप्रसाद अधिकारी चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत ईच्छाकामना गाउंँपालिका वडा नम्बर ६ जलबिरे मा रेडबुल बोकेको ट्रक त्रिशुलीमा खस्दा बेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएका जानकारी अनुसार विरगंजबाट रेडबुल लोड गरेर काठमाडौ जादै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक अनियन्त्रित भई आज बिहान साढे २ बजे सडकबाट ७५ मिटर तल खसेको थियो । सर्लाही चकरघट्टा गाउंँपालिका वडा नम्बर ५ बस्ने ट्रक चालक मुकेश चौधरीले हामफालेर ज्यान जोगाएको प्रहरीले जानकारी दिएको छ । उनको अवस्था सकुशल रहेको र बेपत्ता ट्रकको खोजी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button