तपाईँ सुन्दै हुनुहुन्छः

१३ औ सागको तयारीको अनुगमन र निरिक्षण लागि संसदिय उपसमिती गठन

काठमाण्डौ । चार महिना पछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी, निरिक्षण र अनुगमनका लागि शिक्षा तथा स्वास्थ्य संसदीय समितिले संघिय सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा आइतबार पाँच सदस्यीय उप समिति गठन गरेको छ ।

उपसमितिको सदस्यमा सांसदहरु नवीना लामा, नारायणप्रसाद मरासिनी, नमिता कुमारी चौधरी र गजेन्द्र बहादुर महत रहेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष श्रेष्ठ साग दक्षिण एसियाली ओलम्पिक काउन्सिन (एसएओसी) का अध्यक्ष समेत हुनुहुन्छ । साग आयोजक राष्ट्रका एनओसी अध्यक्ष नै एसएओसीको अध्यक्ष हुने प्रावधान छ ।

मंसिर १५ देखि २४ गते सम्मका लागि १३ औं साग काठमाडौं र पोखरामा आयोजना हुँदैछ । उप समितिले सागको भौतिक पूर्वाधार लगायत सबै खाले तयारीका विषयमा निरिक्षण गर्नुका साथै आवश्यक निर्देशन पनि दिने संयोजक श्रेष्ठले बताउनुभयो । सन् १९८४ मा तत्कालिन दक्षिण एसियाली महासंघिय (साफ) खेलकुदको सुरुवात नेपालबाटै भएको थियो । सार्क राष्ट्रको सहभागिता रहने यस प्रतियोगिताको नाम २००४ को नवौं संस्करणबाट दक्षिण एसियाली खेलकुद (साग) रहेकेको थियो । नेपालले दोस्रो पटक १९९९ मा साग आयोजना गरेको थियो ।

२० वर्षपछि साग आयोजनाको जिम्मेवारी पाउँदा अझै समयमा हुनुमा शंका छ । यसअघि दुई पटक १३ औं सागको मिति भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएकै कारण सरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button