तपाईँ सुन्दै हुनुहुन्छः

उपकुलपति रौनियारविरुद्ध बिशेष अदालतमा मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारविरुद्ध भ्रष्टाचार आरोपमा १ करोड २८ लाख रुपैया विगो माग दाबी गर्दै आज बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र बिभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उपकुलपति रौनियारले पटक पटक गरी एक करोड २८ लाख रुपैयाँ घुस रकम लिएको पुष्टि भएकाले उनीविरुद्ध सोही रकम बराबरको विगो माग दाबी गरी मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

उपकुलपति प्रा. डा. राज कुमार रौनियारले पटक पटक कमिसन बापत घुस लिएको भनी अडियो भिडियो सहितको उजुरीको आधारमा गत असार २५ गते उपकुलपति रौनियारसहित उनका भतिज डा.रामहरी रौनियारलाई घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरको थियो ।

अनुसन्धानका क्रममा उपकुलपतिका भतिज डा.रामहरी रौनियारले घुस लिन सघाएको पुष्टि भएकाले उनी विरुद्ध ८ लाख रुपैयाँ विगो कायम गरी बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button