तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रहरी प्रदेश मन्त्रालय अन्र्तगत रहने गरी विधेयक पास

तुलसी सापकोटा, काठमाण्डौ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशान समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी विधेयकको परिमार्जित प्रतिवेदन आज पास गरेको छ ।

समितिले प्रदेश प्रहरीमा रहनेहरुकोे पद, नाम नेपाल सरकारले तोके बमोजिम रहने, प्रदेश प्रहरी प्रदेश मन्त्रालय अन्र्तगत रहने र प्रदेशप्रति उत्तरदायी हुने, प्रदेश प्रहरीको तलव तथा सेवा सुविधा नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीले पाउने भन्दा कम नहुने गरी प्रदेश सरकारले निर्धारण गर्र्ने गरी प्रतिवेदन पास गरेको हो ।

समितिले नेपाल सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षकलाई प्रदेश प्रहरीको प्रमुखको रुपमा खटाउने, प्रदेश प्रहरी प्रमुखको रुपमा खटिएका कर्मचारीले प्रदेश प्रहरीको पोशाक र दज्र्यानी चिन्ह लगाई प्रदेश प्रहरीको रुपमा काम गर्ने व्यवस्थामा सहमति गरेको थियो ।

प्रतिवेदनमा प्रदेश प्रहरीले प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा प्रदेश सरकारको नीति, प्रदेश मन्त्रालय तथा प्रदेश प्रहरी प्रमुखको नियन्त्रणमा रहेर कार्य गर्नु पर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button