तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं. २ मा रु तीन अर्ब ५९ करोडको क्षति

भुषण पोखरेल, काठमाण्डौ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणी खनालले असार २६ गते र त्यस यताको लगातारको वर्षाका कारण कृषि तथा पशुपक्षीतर्फ भएको क्षतिको विवरण प्रस्तुत गर्नुभएको छ ।

बैठकमा मन्त्री खनालले सबै भन्दा बढी प्रदेश नं. २ मा तीन अर्ब ५९ करोड रुपयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो ।

मन्त्री खनालले प्रदेश नं १ मा ८१ करोड ५४ लाख ७२ हजार रुपयाँ बराबरको कृषि तथा पशुपक्षीतर्फ क्षति भएको जानकारी दिनुभयो ।

बैठकमा मन्त्री खनालले प्रदेश नं. ३, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट क्षतिका विवरण हालसम्म आइनसकेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button