तपाईँ सुन्दै हुनुहुन्छः

कर तिर्नु सबैको दायित्वः अर्थमन्त्री डा. खतिवडा

काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

आन्तरिक राजश्व विभागद्वारा आज यहाँ आयोजित व्यवस्थापन गोष्ठीमा अर्थमन्त्री खतिवडाले कर प्रणालीलाई वैज्ञानिक बनाउने र एकीकरण गर्ने सन्दर्भमा सुधारको प्रयास भइरहेको जानकारी दिनुभयो ।

अर्थमन्त्रालयका राजश्व सचिव लालशङ्कर घिमिरेले निजी क्षेत्रलाई कर तिर्न प्रोत्साहन गर्न कर प्रशासनमा केकस्तो सुधारको खाँचो छ भन्ने सम्बन्धमा जानकारी लिन गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button