४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न
काठमाण्डौ । २०७२ सालको भूकम्पपछि प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् ।
आज आयोजित समीक्षा कार्यक्रममा प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेले थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो ।
पुनःर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा रहेका र ७ लाख ७३ हजार ४४७ लाभग्राहीले अनुदान सम्झौता गरेका पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्