तपाईँ सुन्दै हुनुहुन्छः

कुन-कुन स्थानीय तहमा हुदैछ मंसिर १४ गते उपनिर्वाचन?

काठमाडौं । आयोगले विभिन्न राजनीतिक दल र सम्बद्ध सरोकारवालाहरुसँग छलफल गरेर  स्थानीय तहको उपनिर्वाचन २०७६ साल मंसिर १४ गते शनिबारका दिन मिति तोकेको छ ।
निर्वाचन आयोगले दलहरुसंगको परामर्शपछि स्थानीय तह निर्वाचनको मंसिर १४ गते गर्ने प्रस्ताव सरकार समक्ष गरेको थियो । आयोगले गरेको प्रस्तावित मिति मै उपनिर्वाचिन गर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको हो । स्थानीय तहको उपनिर्वाचन गर्न नसक्दा सरकारको आलोचना हुँदै आएको थियो ।
हाल प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका प्रमुख ३, गाउँपालिका उपाध्यक्ष १, र वडाध्यक्ष ३८ पदहरु रिक्त छन् ।मिति तोकिएसँगै आयोग उपनिर्वाचनका लागि तयारीमा जुटेको छ।

 

 

हेर्नुहाेस कहाँ कहाँ छन जनप्रतिनिधिका  रिक्त पद 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button