तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वराजाको पुस्तक विमोचन हिमानीले गरिन्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक सन्देश संग्रह विमोचन भएको छ । आइतकबार हिमानी ट्रष्टको कार्यलयमा पत्रकार सम्मेलन गरी पूर्व युवराज्ञी हिमानी शाहले पुस्तक सार्वजानिक गरिन् ।

पुस्तक बिक्रिबाट आएको रकम हिमानीले स्थापना गरेको ट्रष्टको फन्डमा जाने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै पूर्व युवराज्ञी हिमानी शाहले पूर्वराजाले सन्देश संग्रह ५ सय प्रति ट्रष्टलाई उपलब्ध गराइएको र सोबाट उठ्ने सम्पूर्ण रकम ट्रष्टको खातामा जाने छ ।

हिमानी ट्रष्टले नेपालमा भएका प्रकृतिक विपत्तिमा विभिन्न समयमा राहत उपलब्ध गराउँदै आएको छ। पुस्तक बिक्रीबाट उपलब्ध भएको रकम पनि कोषमै जम्मा गरिने र उक्त रकम सामाजिक कार्यमा खर्च गरिने पनि ट्रष्टकी अध्यक्ष हिमानी शाहले बताएकी छन्। कार्यक्रममा राजपरिवारको तर्फबाट अन्य सदस्यको उपस्थिति भने थिएन । छोरी पुणिका शाहको साथमा हिमानी आएकी थिइन् ।

‘सन्देश संग्रह’ मा राजा हुँदादेखि पद त्याग गरेपछिको विभिन्न मौका तथा सभा समारोहमा पुर्व राजाले दिएका सन्देश, भाषण, तथा सम्बोधनहरू सम्मिलत छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button