तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा दोस्रो बन्दुक आक्रमण: ओहायोमा १० जनाको मृत्यु

अमेरिका । ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको प्रहरीको भनाइ छ ।

गोलीकाण्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएकोछ ।

यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

केही घन्टाअघि टेक्ससको एल पासोमा भएको बन्दुक आक्रमणमा २० जनाको मृत्य भएको थियो।

अल पासोस्थित एक सपिङ कम्प्लेक्समा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २० जनाको ज्यान गएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button