तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा मृगौलका विरामीको चाप बढ्यो

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको हेमोडायलोसिस युनिटमा उपचारको लागि आउने विरामीको चाप बढ्दै गएको छ । विरामीको चाप अनुसारको डायलोसिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा विरामी मर्कामा परेका छन् ।
मृगौलाका विरामीको चाप अनुसारको डायलोसिस मेसिनको अभावमा ठूलो संख्यामा रहेका विरामीलाई सेवा दिन नसक्दा पालो पर्खेर बस्ने विरामी थपिँदै गएका छन् । चार वटा मेसिन रहेको अस्पतालमा एउटा मेसिन विग्रिएर थन्केपछि ३ वटा मेसिनले मात्र सेवा दिएको हेमोडायलोसिस युनिटले जनाएको छ । अस्पतालले आफूसँग भएका सिमित साधन स्रोतको उपयोग गर्दै एक सिफ्टमा ३ जना गरी दिँदै दैनिक ९ विरामीलाई डायलोसिस सेवा दिएको अस्पतालका हेमोडायलोसिस युनिट प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अस्पतालमा डायलोसिसको लागि आउने विरामीको चाप बढ्दो भएको जानकारी दिँदै हालसम्म २३ जना पालो पर्खेर बसेको बताउनुभयो । भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.रुपानन्द अधिकारीले अस्पतालमा निःशुल्क हेमोडायलोसिस युनिट सञ्चालन गरिएको जानकारी दिँदै एउटा मेसिन विग्रिएर समस्या आएपछि मर्मतको प्रयास भइरहेको बताउनुभयो । उहाँले बिग्रिएको मेसिन एक दुई दिन भित्रैमा मर्मत भई सुचारु हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button