तपाईँ सुन्दै हुनुहुन्छः

फेरि यस्तो डरलाग्दो बन्दैछ मौसम

काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ। आइतबारबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

आइतबार देशैभर आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ। महाशाखाका अनुसार आइतबार देशभर आंसिकदेखि सामान्य बदली रही देशका पश्चिमी भू–भागका केही स्थानमा तथा मध्य र पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन तथा चट्याङपर्ने सम्भावना रहेको र पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रेहकाले सतर्कता अपाउन आग्रह गरेको छ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ | साथै पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण १९ गते (आईतबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको मध्य र पुर्वका केही स्थानहरुमा तथा पश्चिमि भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण २० गते (सोमबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ। पहाडी भूभागकाएक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण २१  गते (मंगलबार  )

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदलि रहने सम्भावना छ साथै बाँकि स्थानमा  आंशिक देखि सामान्य बदली रही पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाहुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):  देशको केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा मध्य र पुर्वका पहाडि भू-भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध छ |

प्रतिक्रिया राख्नुहोस्

Back to top button