तपाईँ सुन्दै हुनुहुन्छः

नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली  नियमित स्वास्थ्य जाँचका लागि  सिंगापुर प्रस्थान गर्नुभएको छ । गएराती ९.५० बजे सिल्क एयरको विमानबाट प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सिंगापुरको नेसनल यूनिभर्सिटी हस्पिटलमा प्रधानमन्त्री ओलीको उपचार हुनेछ ।

प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य,प्रमुख सल्लाहकार बिष्णु रिमाल,स्वकीय सचिब राजेश बज्राचार्य ,प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह लगायत सिंगापुर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली साउन २४ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button