तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

महोत्तरी– पूर्व पश्चिम राजमार्ग स्थित महोत्तरीको बर्दिबास नगरपालिका ५ स्थित माईस्थान चोकबाट बसको ठक्करबाट गएराती एक पैदलयात्रीको मृत्यु भएको छ ।

बर्दिवास नगरपालिका ५ माईस्थान बस्ने ५२ बर्षीय कृत बहादुर मुक्तानको बसको ठक्करबाट ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।

जनकपुरबाट काठमाण्डौं जाँदै गरेको ना.६ख १६११ नम्बरको बसले ठक्कर दिँदा पैदल यात्री मुक्तानको मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिईएको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरी निरीक्षक प्रकाश सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button