तपाईँ सुन्दै हुनुहुन्छः

मेस्सीलाई अन्तराष्ट्रिय खेलमा तीन महिना प्रतिबन्ध

काठमाडौं । अर्जेन्टीनी फुटबलर लियोनल मेस्सीलाई गएको महिना सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगितामा भ्रष्टाचार गरेको भन्दै अन्तर्राष्ट्रिय खेलबाट ३ महिना प्रतिबन्ध लगाइएको छ ।

३२ वर्षीय बार्सिलोनाका फरवार्ड मेस्सी चिलीबिरुद्ध तेस्रो स्थानको लागि भएको खेलमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

खेलपछि उनले प्रतियोगिता ब्राजिलले जितोस् भनेर मिलेमतो गरिएको आरोप लगाएका थिए ।

खेलको ३७ औँ मिनेटमा ग्यारी मेडेलसँगको विवादपछि दुवै खेलाडीले रातो कार्ड पाएका थिए । उक्त खेलमा अर्जेन्टिना २–१ ले विजयी बनेको थियो ।

दक्षिण अमेरिकी फुटबल कन्फेडरेसनले मेस्सीमाथि ५० हजार डलर जरिवानामा पनि तोकेको छ । निलम्बनविरुद्ध अपिल गर्न मेस्सीसँग सात दिनको समय रहेको छ ।

प्रतिबन्धका कारण मेस्सीले सेप्टेम्बर र अक्टोबरमा हुने चिली, मेक्सिको र जमर्नीबिरुद्धको मैत्रिपूर्ण खेल गुमाउने छन् ।

अर्जेन्टिनाले सन् २०२० को विश्वकप छनोट मार्चबाट सुरु गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button