तपाईँ सुन्दै हुनुहुन्छः

‘सार्वजनिक जग्गा संरक्षण गर्न सरकार दृढ’

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा संरक्षण गर्न सरकार दृढ रहेको बताउनुभएको छ ।

आज काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध रामनगरस्थित लाखेपोखरी लोकतान्त्रिक उद्यान उद्घाटन तथा वृक्षरोपण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले पक्ष–विपक्ष नभएर अतिक्रमण गरिएको सार्वजनिक जग्गा जोगाउनका लागि सबै जना एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले अतिक्रमित जग्गाको संरक्षण गर्नका लागि स्थानीय तहको पहिलो प्राथमिकता रहनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button