तपाईँ सुन्दै हुनुहुन्छः

बालाजुमा मेलम्चीको खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा निसास्सिएर दुई मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय साह र २० वर्षीय शिवराम साह रहेका छन् । दुवै जना सप्तरीका हुन् ।

पाइप सफा गर्ने क्रममा निसास्सिएर शुक्रबार बिहान १० बजे दुई मजदुरको मृत्यु भएको काठमाडौं महानगरीय परिसर टेकुका एसपी अशोक सिंहले जानकारी दिए।

पाइपमै बेहोस भएका उनीहरुलाई उद्धार गरी महारागन्जस्तिथ शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवैको मृत्यु भएको एसपी सिंहले बताए ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button