तपाईँ सुन्दै हुनुहुन्छः

‘सही न्याय प्राप्त होस भन्ने सबैको साझा अपेक्षा’

अर्जुन श्रेष्ठ । प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराले सक्षम, निष्पक्ष र स्वतन्त्र न्यायसम्पादनबाट सही न्याय प्राप्त होस भन्ने सबैको साझा अपेक्षा रहेकोे बताउनुभएको छ ।

सर्वाेच्च आदालतले न्यायपालिकाको चौथो पञ्चबर्षीय रणनीतिक योजनामा छलफल गर्न आज गरेको अन्तरक्रियामा प्रधानन्याधिश जबराले न्यायलयप्रतिको विस्वास र जनआस्था कायमै राखेर अघि बढ्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले आफूले न्यायलयको नेतृत्व लिएदेखि नै नागरिकमा जनआस्था बढाउन प्रयत्न गरिरहकाले सहयोग गर्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।

प्रधानन्याधिश जबराले कतिपय समाचार सम्प्रेषणकै कारण विचाराधीन मुद्दा प्रभावित हुने खतरा रहेको र आम नागरिकसम्म त्यसको नकारात्मक सन्देश समेत जानसक्ने भएकाले त्यसप्रति सचेत भइदिन सञ्चारकर्मीसँग आग्रह गर्नु भयो ।

सर्वाेच्च अदालतका न्यायधिश ईश्वर खतिवडाले न्यायलयभित्र हुने कुनै पनि विकृति सार्वजनिक गर्ने विषय अवहेलासँग नजोडिने भएपनि न्याय सम्पादन प्रभाविन हुन सक्ने विषयमा सञ्चार जगत सचेत हुनुपर्ने बताउनुभयो ।

न्यायधिश हरिकृष्ण कार्कीले न्यायधिशले भयरहित वातावरणमा न्याय सम्पादन गर्न सक्ने वातावरण बन्न सक्नुपर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सञ्चारकर्मीहरुले न्याय सम्पादनमा हुने ढिलाइ, भ्रष्टाचार, राजनीतिक प्रभाव र अदालतसम्बन्धी अवहेलनाका विषयमा न्यायधिश समक्ष जिज्ञासा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button