तपाईँ सुन्दै हुनुहुन्छः

बीरगञ्जमा दुईजना युवकको अपहरण

बीरगञ्ज । बीरगञ्जमा दुई दिनयता दुईजना युवकको अपहरण भएको छ ।
पर्साको विन्दवासीनी गाउँपालिका वडा नम्बर ४, मधवलका २८ वर्षीय उपनिवेश चौरसीया र बीरगञ्ज महानगरपालिका १९, इनर्वा निवासी ३५ वर्षीय अरमान अली अपहरणमा परेको पिडितका परिवारजनले बताएका छन् ।
मङगलबार दिउँसो २ बजेतिर बीरगञ्जको घण्टाघर चोकबाट मधवलका चौरसीयालाई उनकै गाउँका दुईजनाले मोटरसाइकलमा जबरजस्ती चढाएर भारतको रक्सौलतर्फ लिएर गएको परिवारजनले बताएका छन् ।
यस्तै, गत सोमबार बिहान ५ बजे गाउँकै मस्जिदमा नमाज पढेर घर फर्किएका अरमान त्यहि दिन बिहानदेखि बेपत्ता भएको परिवारजनले बताएका छन् ।
अपहरणका सम्बन्धमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले दुईजना युवक सम्पर्कविहीन भएको सूचना आउने बित्तिक्कै उनीहरुको खोजतलाशमा प्रहरी परिचालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button