तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं. १ मा माथिल्लो तहका कर्मचारीको सरुवा र पदस्थापना मुख्यमन्त्री कार्यालय मातहत

विराटनगर । प्रदेश नं. १ सरकारले माथिल्लो तहका कर्मचारीको सरुवा र पदस्थापन मुख्यमन्त्री कार्यालय मातहत राख्ने निर्णय गरेको छ ।
प्रदेश नं. १ को आज बसेको मन्त्रिपरिषद वैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०७५ प्रदेशसभामा पेश गर्ने र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रदेश सभामा पठाउने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कर्मचारी पदस्थापन र सरुवाको सम्बन्धी कार्यविधि संशोधन गरी अब माथिल्लो तहका कर्मचारी व्यवस्थापनको काम मुख्यमन्त्री कार्यालय मातहत राखिने निर्णय गरिएको जानकारी दिनुभयो ।
कर्मचारी व्यवस्थापनमा समस्या भएकोले नवौं र दशौं तहको सरुवा र व्यवस्थापन मुख्यमन्त्री कार्यालयमातहत रहने गरी कार्यविधि संशोधन गरिएको उहाँले वताउनुभयो ।
प्रदेश मन्त्रिपरिषद् बैठकले डिजिटल प्रदेश कार्यान्वयनलाई अघि बढाइने, मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई सैद्धान्तिक सहमति दिने र स्थानीय विकासका लागि पर्यटन पदमार्गको काम अघि बढाउने निर्णय गरेको छ ।
बैठकले सेवा करारमा प्राविधिक कृषि अधिकृत, प्राविधिक सहायक र नायब प्राविधिक सहायक छनौट सम्बन्धी कार्यविधि, २०७६ स्वीकृति गर्ने निर्णय गरेको छ ।
प्रादेशिक सडक सहयोग परियोजनाको अवधारणा पत्र स्वीकृति, साना सिँचाइ कार्यक्रमको अवधारणा पत्रलाई स्वीकृति दिने र सामाजिक विकास मन्त्रालयअन्तर्गत श्रम सल्लाहकार परिषद् गठन सम्बन्धी निर्देशिका, २०७६ लाई स्वीकृत प्रदान गर्ने र अपांगता भएका व्यक्तिहरुको प्रदेशस्तरीय समिति गठन सम्बन्धी कार्यविधिलाई सैद्धान्तिक सहमति दिने निर्णय भएकोे मन्त्री कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button