तपाईँ सुन्दै हुनुहुन्छः

झापाको दमकमा एनसेल टावर लक्षित विस्फोट

झापा। झापाको दमकमा गए राती कुकर बम बिस्फोट भएको छ । दमक ५ स्थित एनसेल सेन्टरलाई लक्षित गरेर बम विस्फोट गराएको पाईएको प्रहरीले जनाएको छ । सानो आकारको कुकर वम विस्फोट भएकाले कुनै भौतिक तथा मानवीय क्षत्ति भने नभएको बताईएको छ ।
ईलाका प्रहरी कार्यालय दमकका अनुसार वम विस्फोट हुनासाथ प्रहरी घटना स्थलमा पुगेको थियो । साँझको समयमा सो स्थान आसपासमा कोही नभएको हुनाले मानवीय क्षत्ति नभएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिनुभयो ।
प्रहरी श्रोतका अनुसार प्रतिबन्धित बिप्लव समुहले बिस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button