तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले विश्वलाई समाजबादको नयाँ मोडल दिन सक्छ: प्रचण्ड

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी– नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालले विश्वलाई समाजवादको नयाँ मोडल दिन सक्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीकासंस्थापक नेता नरबहादुर कर्मचार्यको छैठौं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्वाराही काठमाडौमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नेपालको इतिहासमै बलियो जनाधार पाएको वर्तमान कम्युनिष्ट पार्टीको सरकारले सामाजिक न्याय सहितको समृद्धि मार्फत् विश्वमा समाजवादको नयाँ मोडलको सन्देश दिन सक्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टी एकता कम्युनिष्ट आन्दोलनका लागि सबल पक्ष भएको उल्लेख गर्दै सरकारका काम कारवाहीलाई पारदर्शी र जनमैत्री बनाउनु पर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले साउन महिनाभित्रै पार्टी एकताको सबै काम सकेर भदौ महिना देखि सरकार र पार्टीका एजेण्डालाई जनतासम्म पुर्याउन देशब्यापी अभियान थालिने बताउनुभयो ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको एकता लामो सहकार्य र अनुभवबाट भएको भन्दै पार्टी कुनैपनि हालतमा नफुट्ने विश्वास व्यतm गर्नुभयो ।
नेता नेपालले पार्टी एकतालाई मजबुत बनाउन र जनताको पक्षमा काम गर्न नर बहादुर कर्मचार्य जस्ता संस्थापक नेताहरुको योगदान र प्रेरणाबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेकपाका प्रवक्ता कारायणकाजी श्रेष्ठले राजनैतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै नेपाललाई सामाजिक न्याय सहितको समृद्ध मुलक निर्माण गर्न सके मात्र संस्थापक नेता नरबहादुर कर्माचार्यप्रति सच्चा श्रद्धान्जली हुने बताउनुभयो ।
कार्यक्रममा प्रवक्ता श्रेष्ठले पार्टी एकतालाई सुदृढ पार्दै सरकारका काम कारवाही लाई जस्तोसुकै समयमा पनि सफल पार्नु आजको आश्यकता भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button