तपाईँ सुन्दै हुनुहुन्छः

‘भ्रष्टाचार अन्त्यका लागि आयोग प्रतिबद्ध’

अच्युत अर्याल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार अन्त्यका लागि आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आयोगको आगामी ५ वर्षे संस्थागत रणनीतिका विषयमा विभिन्न संचारमाध्यममा कार्यरत सम्पादकहरुसँगको आज भएको छलफलमा प्रमुख आयुक्त घिमिरेले आयोगका गतिविधिहरु आग्रह र पूर्वाग्रहबाट मुक्त हुने, पद्धतिले काम गर्ने प्रणाली बनाइने, प्रविधियुक्त अनुसन्धान पद्धतिमा जोड दिइने जस्ता विषय ५ वर्षे रणनीतिमा समावेश गरिने जानकारी दिनुभयो ।

प्रमुख आयुक्त घिमिरेले झण्डै १ सय ४० व्यक्तिहरुको सम्पत्ती माथि प्रारम्भिक अनुसन्धान भइरहेको र विस्तृत अनुसन्धान पछि मात्र यो विषय आयोगले सार्वजनिक गर्ने बताउनुभयो ।

त्यस अवसरमा पत्रकारहरुले नीतिगत भ्रष्टाचारप्रति आयोगले गम्भीर ध्यान दिनुपर्ने, आयोगका काम कारबाही पारदर्शी र स्वच्छ हुनुपर्ने लगायतका सुजाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button