तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन लगानी सम्मेलन आयोजना गरिने

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन आयोजना गरिने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण वर्ष सचिवालयले काठमाडौंमा पर्यटन लगानी सम्मेलन गर्न लागेको हो ।
पर्यटन क्षेत्रमा लगानीका लागि दुई पक्षीय सम्झौता गर्ने गरी लगानी सम्मेलन आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिनुभयो ।
संयोजक वैद्यले भन्नुभयो, “यो विगतका लगानी सम्मेलनभन्दा फरक हुन्छ, लगानीका अवसर र सम्भावना सुनाउने मात्र हैन लगानी सम्बन्धी सम्झौता र प्रतिबद्धता आउने गरी सम्मेलन गर्ने तयारीमा छौं । ”
सम्मेलनमा छिमेकी मुलुक भारत र चीनका साथै युरोप, मध्यपूर्वी एसियाका विभिन्न देशबाट पनि लगानीका लागि व्यवसायी आउने जनाइएको छ ।
संयोजक वैद्यका अनुसार, पर्यटन लगानी सम्मेलन आयोजना गर्ने सन्दर्भमा कुन पर्यटकीय क्षेत्रमा कस्तो लगानी गर्ने भनेर सातवटै प्रदेशका मुख्यमन्त्री र निजी क्षेत्रसँग छलफल गरिएको छ ।
उहाँले हाल मध्यपूर्वी मुलुकका लगानीकर्ताले नेपालको पर्यटन क्षेत्रमा लगानीका लागि चासो देखाएको समेत जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button