तपाईँ सुन्दै हुनुहुन्छः

‘सञ्चारग्रामले प्रदेशको विकासमा सहयोग पुर्याउँछ’

कुमोद अधिकारी, विराटनगर । प्रदेस नम्बर १ का मुख्यमंत्री शेरधन राईले रेडियो नेपालका संस्थापक ताराणी प्रसाद कोइरालाको स्मृतीमा मोरङको विराटनगरमा बन्दै गरेको सञ्चारग्रामले एक नम्वर प्रदेसको विकास र सम्वृद्धिमा ठुलो सहयोग पुर्याउने वताउनु भएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ४ मा रहेको तारणीप्रसाद कोइराल स्मृति सञ्चारग्रामको अवलोकन तथा निरिक्षणपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले सञ्चारग्राम नेपालकै नमुना र अत्याधुनिक सुविधा सम्पन्न भवन भएकोले सञ्चारकर्मिले अधिकत्म लाभ लिन सक्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले सञ्चारग्राम प्रदेशको शान र गौरव भएकाले यसलाई तोकिएको समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सञ्चारकर्मीका लागी निमार्ण गरिएको सञ्चारग्राम निमार्ण कार्य ७५ प्रतिशत सम्पन्न भइसकेको र आगामी असोज मसान्त सम्ममा भवन निमार्णको काम पुरा हुने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले सञ्चारग्राम महानगरको गहना भएकाले यसको विकासमा महानगरले सहयोग निरन्तर रहने वताउनुभयो ।

प्रदेस सांसद चुमनारायण तवदारले सञ्चारग्रामको निमार्णले प्रदेसवासीलाई उत्साहित वनाएको वताउनुभयो ।

रेडियो नेपाल र विराटनगर महानगरपालिकाको सहयोगमा निमार्ण भइरहेको सञ्चारग्रामको स्ट्रकचरको काम सम्पन्न भइसेकेकाले आगामी ३ महिनाभित्र सबै काम पुरा हुने सञ्चारग्रामका स्ट्रकचर डिजाइनर राजन सुवालले वताउनुभयो ।

यसैगरी विराटनगर महानगरपालिकासंग आजै सञ्चारग्राम संचालनका विषयमा छलफल समेत भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button