तपाईँ सुन्दै हुनुहुन्छः

सर्टिफिकेट अफ ओरिजिन अनलाईनबाट जारी गर्ने व्यवस्था

काठमाडौं । नेपाल चेम्बर अफकमर्शले उत्पत्तिको प्रमाणपत्र सर्टिफिकेट अफ ओरिजिन अब अनलाईन पद्दतिबाट जारी गर्ने व्यवस्था गरेको छ ।

चेम्बरको सचिवालय काठमाडौंमा शुक्रवार आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाईन जारी गर्ने प्रणालीको शुभारम्भ गर्नुभयो ।

यो व्यवस्था संगै निकासी व्यापार क्रमशः डिजीटाइजेसन प्रकृयामा गई निकासी व्यापार सहज, सरल, छिटो र झन्झटमुक्त हुने अपेक्षा नेपाल चेम्बर अफ कर्मशले गरेको छ ।

कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले उत्पत्तिको प्रमाणपत्र अनलाईन प्रणालीमार्फत भदै १ गतेदेखि पूर्ण रुपमा लागू हुने र निकासीको क्षेत्र डिजिटल हुने व्यवस्थाले नेपालको अन्तराष्ट्रिय व्यापारमा ठूलो महत्व राख्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले अवलम्बन गरेको डिजिटल इकोनोमि डिजिटल नेपालको अवधारणा अनुरुप नै विदेशी व्यापारमा अनलाईन सर्टिफिकेट अफ ओरिजिलनको सफ्ट लञ्च हुनु समय सान्र्दभिक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button