२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

काबुल विश्वविद्यालयमा बम विस्फोट, चारको मृत्यु

रासस-सिन्ह्वा २०७६ साउन ३ गते १२:५७

काबुल। अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।
स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहको परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो । घाइते आठ जनामध्ये एक जना भने किशोरी रहेको जनाइएको छ ।
यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सम्बन्धित