तपाईँ सुन्दै हुनुहुन्छः

१७ वटा डिप ट्युब वेल निर्माण

काठमाडौं । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साले तीन करोड ५० लाख रुपैयाँको लागतमा १७ वटा डिप ट्युब वेल निर्माण गरेको छ ।

प्रदेश नं २ सरकारको निःशर्त अनुदान कार्यक्रम अन्तर्गत बारा जिल्लामा ११ वटा र पर्सा जिल्लामा छ वटा डिप ट्युब वेल जडान गरिएको हो ।

एउटा ट्युब वेल जडानबाट बारा र पर्साको ४ सय २५ बिघा जमीनमा सिंचाई हुने डिभिजन कार्यालय पर्साका प्रमुख कामेश्वर यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button