तपाईँ सुन्दै हुनुहुन्छः

बुटवल तानसेन सडकखण्ड हिजो दिउसोदेखि बन्द

बुटवल-सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड हिजो दिउसोदेखि बन्द छ। ल्गातारको वर्षासंगै हिजो दिउसो सो सडकखण्ड अन्तर्गत सिद्धबाबा नजिकै ठूलो पहिरो गएकाले सडक बन्द रहेको छ । पहिरोमा पुरीएर परेर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरीएर लु ५० प ४६७१ नम्बरको मोटरसाइकलमा सवार पाल्पाको मित्याल गाउँपालिका वडा नम्वर ९ का ३२ वर्षीय धनवहादुर सुनारी मगरको मृत्यु भएको छ ।
ठुलो पहिरो गएकाले पहिरो हटाउन समय लाग्ने संघीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार थप पहिरो नगए ४ घण्टामा अहिलेमा सडकमारहेको पहिरो टहाउन सकिने छ ।

प्रदेश ५ मा दागंको घोराही लमही, घोराही तुल्सीपुर सडक नदीमा ठूलो बाढी आउदा पटक पटक बन्द भईरहेपनि कुनै क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। ीहजो दिउसो केही समय कपिलवस्तुको शिवराज नगरपालिकाको धानखोलामा पूर्वपश्चिमराजमार्ग बर्षाकै कारण अवरुद्ध भएपनि अहिले सुचारु रहेको छ । प्रदेश ५का कतिपय ग्रामिण सडक अवरुद्ध भएपनि डुवान लगायतका समस्या नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button