तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट विभिन्न व्यक्ति सम्मानित

भुषण पोखरेल । राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७५ बाट विभिन्न स्रष्टाहरुलाई सम्मान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय, शितल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नाट्य विधातर्फ श्यामदाश वैष्णव, संगीततर्फ प्रेमध्वज प्रधान, रंगमञ्चतर्फ ओममणी शर्मा, परम्परागत तथा शास्त्रीय संगीत तर्फबाट जगदेव कामद, नृत्य तर्फ हनि श्रेष्ठ र लोकसंगीत तर्फबाट प्रेमदेव गिरीलाई सम्मान गर्नुभएको हो ।

सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले मौलिक कला, संस्कृति, सम्पदा संरक्षण, र संबद्र्धनमा कला साहित्यमा सक्रिय व्यक्तित्वको योगदान स्मरणीय रहेको बताउनुभयो ।

उहाँले कला र संस्कृतिको गौरवशाली ईतिहाँस बोकेको देश नेपालको पुरातात्विक संम्पदा संरक्षणमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन कला साहित्य क्षेत्रमा सक्रिय सर्जकले आ आफ्नो ठाउँबाट काम गर्नुपर्ने बतताउनुभयो ।

सम्मानित व्यक्तिहरुलाई राष्ट्रपति भण्डारीले जनही १ लाख १ रुपैया नगद र ताम्रपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button