तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रहरीको डिआइजी प्रदेश प्रहरी प्रमुख हुने

काठमाण्डौ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरीको नायब प्रहरी महानिरीक्षक (डिआइजी) लाई प्रदेश प्रहरी प्रमुख बनाउने सहमति भएको छ ।
समितिको आज वसेको वैठकमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रदेश प्रहरी प्रमुखमा नेपाल प्रहरीको डिआइजीलाई पठाउने विषयमा सहमति भएको हो ।
समितिमा यसअघि भएको छलफलका आधारमा गृहमन्त्रालय र कानुन मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले डिआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने सहमति गरेर समितिमा प्रस्ताव पेस गरेको थियो ।
समितिमा प्रहरी कर्मचारी समायोजन निजामति कर्मचारी समायोजन जस्तै गरेर हुनुपर्ने प्रस्ताव सांसदहरुले गर्नुभएको भएपनि एक तह बढुवा गरेर प्रहरी कर्मचारी समायोजनमा जान नसक्ने गृह मन्त्रालयले जनाएको छ ।
यस्तै, बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) पनि समायोजनमा जानुपर्ने विषय समितिमा उठेपछि यस विषयमा थप गृहकार्य र नीतिगत रुपमा नै छलफल सहमति गर्नुपर्ने सहमति समितिमा भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button