तपाईँ सुन्दै हुनुहुन्छः

आलुचिप्स उद्योग सञ्चालनमा

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममा आलु चिप्स उद्योग सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपर जोनको पुरक अनुदान सहयोगमा उद्योग सञ्चालनमा भएको हो ।

उत्पादन बढ्दै गएसँगै आलु सुपरजोन बनाइएको डडेल्धुरामा आलुको खपतका लागी चिप्स उद्योग सञ्चालन गरिएको परियोजनाले जनाएको छ ।

परियोजनाको आठ लाख बराबरका उपकरण सहयोगमा उद्योग सञ्चालनमा ल्याएको सञ्चालक टेकराज पाण्डेयले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button